काठमाडौं, ४ भदौ । बैंकका कर्मचारीलाई प्रहरीले बाटैमा रोकेर कार्यालय जान अवरोध गरेपछि बिहीबार उपत्यकामा बैंक तथा वित्तीय संस्थाहरु बन्द भएका छन् । कर्मचारीहरु कार्यालय जान नपाएपछि नेपाल बैंकर्स संघले बिहीबारको लागि उपत्यकाका सबै शाखाहरु बन्द गर्न आह्वान गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक साताको लागि
उपत्यकामा निशेधाज्ञा जारी गरे पनि न्यूनतम बैंकिङ सेवालाई सुचारु राख्न प्रशासनले सहमति लिएको थियो । सो सहमतिपछि राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई न्यूनतम कारोबार सूचारु राख्न निर्देशन दिएको थियो । तर, प्रशासनले पूर्व प्रतिवद्धताअनुसार बैंकका कर्मचारीलाई कार्यालय जान अवरोध गरेपछि बैंक खुला गर्न नसक्ने निर्णयमा पुगेको बैंकर्स संघले जनाएको छ ।




