दशैमा बैंकका शाखा नखुल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

दशैमा बैंकका शाखा नखुल्ने

काठमाडौं, ४ कार्तिक । यसपाली दशैको विदामा पाँचै दिन बैंकका सबै शाखा बन्द हुने भएका छन् । नेपाल बैंकर्स संघले मंगलबार सूचना जारी गर्दै दसैं बिदामा ५ दिन सबै बैंकका शाखा बन्द रहने जनाएको हो । कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका शाखाहरु बन्द हुने तर डिजिटल बैंकिङ सेवा र एटीएम सेवा भने सुचारु रहने संघले जनाएको छ ।

वाणिज्य बैंकका कर्मचारीहरुमा पनि कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको र ३ हजार ७ सय भन्दा धेरै कर्मचारी संक्रमित भएकाले संक्रमणबाट बच्न जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको प्रयोगमा जोड दिन संघले अनुरोध समेत गरेको छ । यसअघि दशैको विदाको दिन पनि बैंकहरुले केही घण्टा आफ्ना काउन्टर खोलेर सेवा दिने गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);