आजको मौसम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८३, सोमबार

आजको मौसम

काठमाडौं । 

आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र तराई भू–भागमा आंशिक बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, वागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यम सम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ ।

राती देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी  प्रदेशको हिमाली र पहाडी भू–भाग लगायत देशको बाँकी हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Leave a Reply