उपसभामूखकाे एक महिनाको तलब सामाजिक कार्यमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

उपसभामूखकाे एक महिनाको तलब सामाजिक कार्यमा

कर्णाली, ४ कार्तिक । कर्णाली प्रदेश सभाका उपसभामूख पुष्पा घर्ती विष्टले एक महिनाको तलब विभिन्न सामाजिक कार्यमा सहयोग स्वरुप प्रदान गर्नु भएको छ । उपसभामूख विष्टले कर्णालीका विपन्न वर्ग र आश्रमहरुमा ५० हजार रकम सहयोग गर्नुभएको हो।

कोरोना महामारीले सबैलाई आर्थिक समस्यामा पारेकोले कर्णाली प्रदेशमा रहेको मानव सेवा आश्रम र प्रसान्ति बृद्धा आश्रामलाई १५/१५ हजार र मोटर साइकल दुर्घटनामा परेर घाइते भएका पत्रकार महासघंका पूर्व केन्द्रीय सचिव प्रभात चलाउनेलाई १० हजार र पूर्व माओवादी जनमुक्ति सेना कालिकोटका नरेन्द्र बोहोराले १० हजार सहयोग प्राप्त गरेका छन्।

२०८२ सम्ममा नेपाललाई सडक मानव मुक्त बनाउने लक्ष्य लिएको आश्रामले नेपालमा पहिलो पटक कर्णाली प्रदेशलाई सडक मानव मुक्त घोषणा गरेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);