आज नेप्सेमा दोहोरो अंकको बृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज नेप्सेमा दोहोरो अंकको बृद्धि

काठमाडौं, ४ कार्तिक । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बृद्धि भएको छ । १२.४७ अंकले बढेको नेप्से १५८२.८४ अंकमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स २.४ अंकले बढेर ३१३.२९ विन्दुमा पुगेको छ ।

आज १९३ कम्पनीको ४९ लाख १३ हजार सेयर खरिदबिक्री हुँदा १ अर्ब २४ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक उकालो लागेको छ। बैंकिङ समूहको उपसूचक ७.३५, व्यापार ५.०७, होटल १५.८५, विकास बैंक १९.८२, जलविद्युत् २६.७९ अंकले बढेको छ ।

त्यस्तै फाइनान्स ३.८२, निर्जिवन बिमा ५३.३५, उत्पादन २४.२६, अन्य ११.०५, माइक्रोफाइनान्स १५.४१, बिमा ७३.२५ र म्युचुअल फण्ड ०.११ अंकले बढेको छ । आज जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले बढी गुमाएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);