प्यालेस्टाइनको निर्वाचन आयोगले वेस्ट बैंक र गाजामा स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक गर्‍यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८३, सोमबार

प्यालेस्टाइनको निर्वाचन आयोगले वेस्ट बैंक र गाजामा स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक गर्‍यो

वेस्ट बैंक र गाजाका १८३ नगरपालिकाहरूमा भएको स्थानीय तहको निर्वाचनको अन्तिम नतिजा प्यालेस्टाइनको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष रामी हम्दाल्लाहले अल–बिरेहमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन अत्यन्त जटिल परिस्थितिमा भएपनि इमानदारी र पारदर्शिताका साथ सम्पन्न भएको बताउनु भयो । उहाँले वेस्ट बैंक र गाजालाई एउटै भौगोलिक एकाइको रूपमा व्यवहार गर्ने प्रयासस्वरूप गाजाको डियर अल–बलाहलाई पनि समावेश गरिएको बताउनु भयो । यद्यपि यसमा ठूला अवरोधहरू थिए ।

हम्दाल्लाहकाअनुसार इजरायली अधिकारीहरूले डियर अल–बलाहमा निर्वाचन सामग्रीहरू लैजान अनुमति नदिएपछि स्थानीय अधिकारीहरूले मतपत्र र बाकसहरू आफैं बनाएर मतदान प्रक्रिया अगाडि बढाएका थिए । आयोगकाअनुसार कुल १० लाख ३० हजार योग्य मतदातामध्ये करिब ५ लाख ५२ हजारले मतदान गरेका थिए ।वेस्ट बैंकमा ५६ प्रतिशत र डियर अल–बलाहमा २३ प्रतिशत मतदान भएको थियो। हम्दाल्लाहले गाजामा पुराना मतदाता नामावली र चलिरहेको द्वन्द्वको प्रभावका कारण सहभागिता कम भएको बताउनु भयो । गाजामा करिव २० वर्षयता पहिलोपटक स्थानीय तहको निर्वाचन भएको हो । हमासका प्रवक्ता हाजेम कासिमले निर्वाचनले प्यालेस्टाइनका राजनीतिक संस्थाहरूलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता औंल्याएको र लामो समयदेखि रोकिएको संसदीय तथा राष्ट्रपतीय निर्वाचनको माग गर्नुभएको छ।

Leave a Reply