प्यालेस्टाइनको नयाँ सरकारद्वारा शपथ ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

प्यालेस्टाइनको नयाँ सरकारद्वारा शपथ ग्रहण

काठमाडौं,१९ चैत्र । प्रधानमन्त्री मोहम्मद मुस्तफाको नेतृत्वमा रहेको प्यालेस्टाइनी नयाँ सरकारले आईतवार वेस्ट बैंकको रामल्लाहमा शपथ ग्रहण गरेको छ । नयाँ सरकारमा गाजा पट्टीका ६ जना मन्त्रीहरू सहित २३ मन्त्रीस्तरीय पोर्टफोलियोहरू छन् ।

मुस्तफाले दिग्गज कुटनीतिज्ञ रियाद अल मलिकीबाट विदेशमन्त्रीको पद पनि सम्हाल्नुहुनेछ । प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासको अगाडि शपथ ग्रहण समारोहमा मुस्तफाले आफ्नो नयाँ सरकारले सबै प्यालेस्टाइनीहरूको सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सरकारको राजनीतिक सन्दर्भ प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन र यसको राजनीतिक कार्यक्रम तथा अन्तर्राष्ट्रिय प्रतिवद्धतामा जोड दिने बताउनु भयो ।

समारोहपछि नयाँ सरकारसँगको बैठकमा अब्बासले गाजामा जारी द्वन्द्व रोक्न अरब र अन्तर्राष्ट्रिय पक्षहरूसँग समन्वय गरेर काम भइरहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);