रसुवामा स्थानीय तहका २८ जना उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण बुझाए | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

रसुवामा स्थानीय तहका २८ जना उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण बुझाए

रसुवा। रसुवामा स्थानीय तहको निर्वाचनमा भाग लिएका २८ जना उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन् । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा भाग लिएकामध्ये २८ जना उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण बुझाएका हुन् । निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको ३० दिनभित्र सबै उम्मेदवारले खर्च विवरण निर्वाचन कार्यालयलाई बुझाउनुपर्ने हुन् । सोहीअनुरुप जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक सूचना जारी गरी विवरण बुझाउन सबै उम्मेदवारहरुलाई आग्रह गरेको थियो ।निर्वाचनमा ४ सय ६५ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचन सम्पन्न भएको एक महिला पुग्दा हालसम्म २८ जना उम्मेदवारले मात्र निर्वाचन खर्च बुझाएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए। पालिका अध्यक्षमा नेशनल मंगोल अर्गनाइजेसनबाट उम्मेदवारी दिएका एक जना र बाँकी वडा सदस्यले निर्वाचन खर्च विवरण बुझाएको उनले बताए। जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार खर्च विवरण बुझाएकामध्ये पालिका अध्यक्षमा उम्मेदवारी दिएकाले ३३ हजार २ सय खर्च गरेको विवरण बुझाएका छन्। त्यसैगरी वडा सदस्यमा उम्मेदवारी दिएकाहरुले ३२ सय देखि १ लाख ५० हजार सम्म खर्च गरेको विवरण बुझाएका छन्।

जिल्लामा रहेका प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका पार्टीबाट उम्मेदवार बनेकाहरुले निर्वाचन खर्च विवरण हालसम्म नबुझाएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ। वैशाख ३० गते भएको निर्वाचनको अन्तिम परिणाम जेठ ३ गते आएको थियो । जेठ ३ गतेभित्र उम्मेदवारहरुले खर्च विवरण सार्वजनिक गर्नुपर्ने निर्वाचन अधिकारी थापाले बताए । ‘अन्तिम परिणामको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने हुन्छ। जिल्लामा निर्वाचनकाे अन्तिम मतपरिणाम जेठ ३ गते आएको थियो’, उनले भने, ‘खर्च विवरण बुझाउन हामीले स्थानिय तहहरुमा पनि जानकारी गराएका छौँ । खर्च विवरण आउने क्रम जारी छ, सबैको आएको छैन्। ‘

स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्षले ३ लाख ५० हजार, वडाध्यक्ष र वडा सदस्यले १ लाख ५० हजारसम्म खर्च गर्न पाइने व्यवस्था थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);