झापाबाट उम्मेदवारी दिएका मध्ये ३० जनाले चुनावी खर्च विवरण बुझाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

झापाबाट उम्मेदवारी दिएका मध्ये ३० जनाले चुनावी खर्च विवरण बुझाए

money

झापा, १९ पुष । मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि झापाबाट उम्मेदवारी दिएका एक सय ४१ जनामध्ये हालसम्म ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभाका ५७ र प्रदेशसभाका ८४ मध्ये ३० जनाले मतगणना सकिएको २० दिनभित्र चुनावी खर्च विवरण बुझाएका हुन् ।

प्रतिनिधिसभातर्फ ११ र प्रदेशसभातर्फ १९ जनाले चुनावी खर्च विवरण बुझाएको निर्वाचन अधिकारी गोपाल आचार्यले बताए । उम्मेदवारले मतगणना सकिएको ३५ दिनभित्र चुनावी खर्च विवरण बुझाउनुपर्ने हुन्छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारले २५ लाख र प्रदेशसभा सदस्य उम्मेदवारले १५ लाख खर्च सीमा तोकेको थियो । तोकिएको समय अर्थात् माघ ३ गतेभित्र खर्च विवरण पेस नगरे कारबाही हुने कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले २४ लाख एक हजार १ सय ६०, कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले २२ लाख ६८ हजार, माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीले २४ लाख १० हजार र कांग्रेस नेता विश्वप्रकाश शर्माले २१ लाख ६८ हजारको खर्च विवरण बुझाएका छन् । झापा–३ बाट निर्वाचित राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले पनि खर्च विवरण बुझाउन बाँकी नै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);