वाम गठबन्धनका युवा-विद्यार्थीद्वारा राजधानीमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

वाम गठबन्धनका युवा-विद्यार्थीद्वारा राजधानीमा प्रदर्शन

काठमाडौँ, १९ पुस । वाम गठबन्धनमा आवद्ध युवा–विद्यार्थी संगठनहरूले बुधबार पनि राजधानीमा प्रदर्शन गरेका छन् । प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिमाण सार्वजनिक गर्न माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । विद्यार्थीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न समेत माग गरेका छन् ।

वाम गठबन्धनमा आवद्ध युवा–विद्यार्थी संगठनहरूले प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडिबाट जुलुस निकालेका थिए । विद्यार्थीको जुलुस भद्रकाली, नयाँ सडक, हुँदै रत्नपार्कस्थित शान्तिवाटिकामा पुगेर समापन भएको थियो ।

यसैबीच संयुक्त वाम युवा विद्यार्थी संघसंगठनको आज बसेको बैठकले २० गते नेपाल आयल निगम घेराउ गर्ने २१ गते निर्वाचन आयोग अगाडि सार्वजनिक सडक बहश गर्ने र देउवा सरकार र निर्वाचन आयोग विरुद्ध देशैभर विरोध प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको अनेरास्ववियुका आरसी लामिछानेले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);