तत्काल परिणाम घोषणा नगरे आन्दोलन गर्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

तत्काल परिणाम घोषणा नगरे आन्दोलन गर्ने चेतावनी

काठमाडौं, १७ पुस । वाम गठबन्धनमा आवद्ध युवा तथा विद्यार्थी संगठनले प्रतिनिधिसभाको समानुपातिक परिणाम तत्काल घोषणा नगरे सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेकपा एमाले आवद्ध युवा संघ नेपाल र अनेरास्ववियू तथा माओवादी केन्द्र आवद्ध वाईसियल नेपाल र अखिल क्रान्तिकारीले सोमबार निर्वाचन आयोगका पदाधिकारीलाई ज्ञापन पत्र बुझाउँदै तत्काल परिणाम सार्वजनिक गर्न आग्रह गरेका हुन् । उनीहरुले परिणाम सार्वजनिक नगरेर आयोगले नयाँ सरकार गठन प्रक्रियामा अबरोध गरेको आरोपसमेत लगाए ।

युवा तथा विद्यार्थी संगठनले तत्काल परिणाम घोषणा नगरे आन्दोलन गर्ने चेतावनीसमेत दिए । ज्ञापनपत्र बुझ्दै प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले संवैधानिक र कानुनी जटिलताका कारण तत्काल परिणाम सार्वजनिक गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारेका छन् ।

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आयोग संवैधानिक निकाय भएको भन्दै संविधानले निर्देश गरेअनुसार आफ्नो कार्य सम्पादन गरिरहेको स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);