इलामका ४३ जना उम्मेदवारले अझै निर्वाचन खर्च विवरण बुझाएनन् | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

इलामका ४३ जना उम्मेदवारले अझै निर्वाचन खर्च विवरण बुझाएनन्

money

इलाम, १५ माघ । इलामका ४३ जना म्मेदवारले अझै पनि प्रदेश र प्रतिनिधि सभा निर्वाचन खर्चको विवरण बुझाएका छैनन् । निर्वाचन सकिएको ३५ दिनभित्र खर्चको विवरण पेश गर्नुपर्ने भएपनि ४३ जना उम्मेदवारले अझै खर्चको विवरण नबुझाएका हुन् ।

प्रतिनिधिसभाका १४ र प्रदेशसभातर्फका २९ जना उम्मेद्वारले खर्चको विवरण बुझाएका छैनन् । जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार ८ जनाले मात्र खर्चको विवरण बुझाएका छन् ।

प्रतिनिधिसभाका ४ र प्रदेशसभाका ४ जना उम्मेद्वारले मात्रै खर्च विवरण बुझाएका हुन् । गत मंसिर २१ गते भएको निर्वाचनमा इलाममा ५१ जनाले उम्मेदवार दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);