राजधानीमा नक्कली विदेशी डाक्टरको बिगबिगी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

राजधानीमा नक्कली विदेशी डाक्टरको बिगबिगी

fack doctor

काठमाडौं,१६ माघ । नेपाल र नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गर्दै आएका झन्डै दुई दर्जन विदेशी नागरिक अनुसन्धानको दायरामा पुगेका छन् ।सोमबार एकैदिन ठमेलदेखि बौद्धसम्मका केही क्लिनिकमा अवैधरुपमा चिकित्सकीय अभ्यास गरिरहेका विदेशी नागरिक पक्राउ परेका हुन् ।

यसरी अवैध रुपमा चिकित्सकीय अभ्यास गर्दै आएका अधिकांश काठमाडौं उपत्यकाभित्र विभिन्न अस्पताल तथा क्लिनिकरुमा डाक्टर बनेर काम गरिरहेका फरक फरक मुलुकका नागरिक भएको बुझिएको छ ।सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मेडिकल काउन्सिलले संयुक्त रुपमा छापा मार्ने क्रममा विदेशी नागरिकहरु कार्यस्थलबाटै पक्राउ परेका हुन् ।आजको नेपाल समाचारपत्रमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);