अवैध रुपमा बस्दै आएका २१ विदेशी नागरिक पोखराबाट पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अवैध रुपमा बस्दै आएका २१ विदेशी नागरिक पोखराबाट पक्राउ

foreigner-pokhara pakrau

काठमाडौं, १८ असार । पर्यटकीय सहर पोखरामा अवैध रुपमा बस्दैआएका विभिन्न देशका २१ विदेशी नागरिक पक्राउ परेका छन् ।

२०७५ को साउन महिनादेखि २०७६ को असार १६ गतेसम्मको अवधिमा पर्यटक भिसामा आएर विभिन्न पेशा, व्यवसाय गरेर पोखरा बस्दैआएका र पासपोर्ट र भिसा विना नै पोखराका विभिन्न स्थानमा बस्दैआएका गरी २१ जना विदेशी नागरिकलाई पर्यटक प्रहरी कार्यालय पोखराले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सबैभन्दा धेरै ७ जना रुसका नागरिक छन् । रसियन पर्यटकहरुमध्ये ४ जना भिसाको म्याद सकिएर पनि अवैध रुपमा बस्दै आएको पाइएको हो । तीनजना रुसका नागरिक पासपोर्ट नै च्यातेर अवैध रुपमा बस्दै आएको सूचनाको आधारमा पक्राउ परेको पर्यटन प्रहरी कार्यालय पोखराका प्रहरी सायक निरीक्षक विधान सिंह क्षेत्रीले बताए ।

पक्राउ पर्नेमा तीनजना लेबननको नागरिक छन् । अली सेलेमन उनका दुई छोरी मेरियम रहमे र फटमे भिसाको म्याद सकिएपछि पनि अवैध रुपमा बस्दैआएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । दुई छोरीहरुले प्याराग्लाईडिङको कोष समेत गर्दै गरेका थिए । यसरी पक्राउ गर्नेमा नेदरल्याण्डका दुई नागरिक पनि छन् । उनीहरुमध्ये एक जना पासपोर्टको भिसा नै सकिएको अवस्थामा र अर्को एकजना पासपोर्ट विना नै पोखरामा बस्दैआएको अवस्थमा पक्राउ परेका हुन् ।

यस्तै यमन, तिब्बत, फिलिपिन्स, बेलायत, डेनमार्क, टर्की, फ्रान्स, जर्मन र केन्याका पर्यटक पनि अवैध रुपमा बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको पर्यटक प्रहरी कार्यालय पोखराका प्रहरी नायब निरीक्षक टीकाराम पौडेलले जानकारी दिए । यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);