चौधरी ग्रुप र ह्वावेबीच सम्झौता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौं, १८ असार । चौधरी ग्रुपले ‘फोर जी’ सेवाको लागि ह्वावेसँग सहकार्य गरेको छ । चौधरी ग्रुप र ह्वावेबीच १० करोड डलर रकमको सम्झौता भएको बताइएको छ ।

सम्झौता अनुसार चौधरी ग्रुपले ह्वावेको फोर जी फोन सेवा नेपालमा ल्याउने भएको हो । उक्त सम्झौतासँगै चौधरी ग्रुपले नेपालमा मोबाइल फोनको बजारमा प्रभाव जमाउने टिप्पणी पनि हुन थालेको छ । मोबाइलबाट ‘फ्रि भ्वाइस सर्भिस’ उपलब्ध गराउने तर डाटा र अनलाइन पेमेन्टसहित अन्य सेवामा पनि केन्द्रित हुने चौधरी ग्रुपका मालिका विनोद चौधरीले बताए ।

चाउचाउ व्यवसायबाट व्यवसाय सुरु गरेका चौधरीले बैंक, टेलिकम्युनिकेशन क्षेत्रमा पनि हात हालेका छन् । साथै भारतीय ताज ग्रुपलगायत दर्जनौँ रिसोर्टमा उनको पार्टनर्शीप रहेको बताइन्छ ।

ह्वावेसँग भएको सम्झौता अनुसार फोर जी सेवाको लागि चिनियाँ कम्पनी ह्वावेले १० करोड डलर बराबरको प्रविधि उपलब्ध गराइदिने छ । साथै ‘फाइभ जी’मा विस्तार हुने पनि व्यवसायी चौधरीले बताएका छन् । व्यवसायी चौधरीको उक्त समाचार रोयटर्सले सम्प्रेषण गरेको छ । जहाँ व्यवसायी चौधरीले भनेका छन्, ‘ चिनियाँ कम्पनीहरुसँग सहकार्य गर्दा कुनै समस्या देख्दिनँ । यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);