सम्झौता अनुसार क्षतिपूर्ति नपाएमा कोसी ब्यारेज घेराउ गर्छौं : संयोजक चौधरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सम्झौता अनुसार क्षतिपूर्ति नपाएमा कोसी ब्यारेज घेराउ गर्छौं : संयोजक चौधरी

सप्तरी । कोसी नदी कटान डुवान पीडित संघर्ष समितिका संयोजक महिदेव प्रसाद चौधरीले कोसी स्थापना कालमा सम्झौता भए अनुसार क्षतिपूर्ति नदिए ब्यारेज घेर्ने चेतावनी दिएका छन् ।

कोसी नदी कटान चुवान पीडित संघर्ष समिति सप्तरी, उदयपुर, सुनसरीले बिहीबार राजविराजमा पत्रकार सम्मेलन गरी भएको अनुसारको क्षतिपूर्ति नदिए ब्यारेज घेराउ गर्ने चेतावनी दिएको हो ।

संयोजक चौधरीले पानी बहावबाट क्षति भोगेका जनतालाई भारत सरकारले सहयोग गर्ने भने पनि व्यवहार मा कार्यान्वयन नगरेको गुनासो गरेका छन् । उनले भने, ‘१० वर्षदेखि हामीले संघर्ष गर्दै आएका छौं । भारत सरकारबाट पटक-पटक आश्वासन पनि पाउँदै आएका छौं । तर, कार्यान्वयन हुने गरेको छैन ।’

संघर्ष समितिले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्रसमेत पठाएको र सम्झौता अनुसार क्षतिपूर्ति दिनका लागि आग्रहसमेत गरेको जनाएको छ । डिप्लोमेटी च्यानलबाट पहलगरि भारत सरकारले क्षतिपूर्ति दिने भएपछि नेपाल सरकारले चासो देखाएर बिगोसहित माग पूरा गर्न चासो दिनुपर्ने संघर्ष समितिको भनाइ छ ।

७ हजार ६ सय बिगाहा ८ कट्ठा २ धुर जग्गाको क्षतिपूर्ति बापतको रकम ५०  करोड भन्दा बढी क्षतिपूर्ति पाउनुपर्ने संघर्ष समितिको दाबी छ । कोसी नदीको कटानमा परेर ४ हजार भन्दा बढी परिवार सुकुम्वासी भइसकेका छन् । हजारौं घर विहीन छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);