सत्तापक्षकै घेराबन्दीमा सरकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सत्तापक्षकै घेराबन्दीमा सरकार

pradesh

काठमाडौं, १८ असार । प्रदेश सरकार सत्तापक्षकै प्रदेश सभा सदस्यको पनि घेराबन्दीमा परेको छ। १७ दिन देखि प्रतिपक्षले बजेट संसोधनको माग गर्दै सदन अवरुद्ध गरेको छ। बजेट माथिको छलफल आरम्भ गराउन प्रतिपक्षसँग सहमति नजिक पुगेका बेला सरकारको नेतृत्व गरेको नेकपाकै २५ जना प्रदेश सभा सदस्यले पनि बजेटमा असन्तुष्टि जनाउदै सच्चाउन हस्ताक्षर संकलन गरेका छन्।

नेकपाका प्रमुख सचेतक तारा लामा तामाङको नेतृत्वमा २५ जना सदस्यले बजेटमा असन्तुष्टि जनाउदै त्यसलाई सच्चाउन माग गरेका हुन्। बजेटको समान वितरण हुनुपर्छ भनेर गरिएको हस्ताक्षर मुख्यमन्त्रीलाई बुझाएका छन्। केही दिन अघि नेकपाका स्थायी कमिटि सदस्य लेखराज भट्ट, नेकपा प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा सहभागी संसदीय दलको बैठकले सत्ता पक्षका प्रदेश सभा सदस्यले बजेटलाई समर्थन गर्ने र प्रतिपक्षको कडा प्रतिवाद गर्ने निर्णय भएको थियो।

प्रतिपक्षी दल कांग्रेस र राजपाले सदन अवरुद्ध पारिरहेकै बेला गरिएको संसदीय दलको बैठकलाई पनि काउन्टर हुने गरी सत्तापक्षका प्रदेश सभा सदस्यको हस्ताक्षर अभियान सुरु भएको हो। नेतृत्व सामुन्ने बजेटका बारेमा चर्को विरोध गरेका उनीहरुले आइतबार बेलुकी देखि बजेटमा संसोधनको माग गर्दै हस्ताक्षर अभियान चलाएका हुन। यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);