सामाजिक सुरक्षा भत्ताको विरुद्ध बैंकका कर्मचारीद्धारा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०७९, शुक्रबार

सामाजिक सुरक्षा भत्ताको विरुद्ध बैंकका कर्मचारीद्धारा प्रदर्शन

बीरगञ्ज । बीरगञ्जमा सामाजिक सुरक्षा भत्ताको विरुद्धमा  बैंकका कर्मचारी प्रदर्शन गरेका छन् । आ.ब ७८/७९ को बजेट। मा  सामाजिक सुरक्षा कोषमा मा बैंक मा काम गर्न कर्मचारी हरुलाई   जबरजस्ती आवद्ध गरी खाइपाइ आएको सेवासुविधा समेत कटौती हुने भन्दै वीरगञ्ज का बैंकर्स हरू वीरगञ्ज को पुरानो बसपार्क मा पलेकाड  लिएर प्रदर्शन गरका छन् ।

सामाजिक सुरक्षा कोष ऐन नियमावली तथा कार्यविधिमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी युनियनहरूले संयुक्त रुपमा पेश गरेका सुझावहरूको सम्बोधन नगरिएकोले आफुहरु विरोधमा उत्रिएको वीरगञ्ज बैंकर ग्रुपका अध्यक्ष नितेश खड्कीले बताए ।

कोषमा आवद्ध हुननसक्कीने ५ वटा कारण देखाउँदै बैंकरहरुले सोमबार दियालो लर्ड्स प्लाजा होटल छेउमा रहेको पूरानो बसपार्कमा केहि बेर नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए ।
योजनाका कतिपय बुँदा कर्मचारीको हित हुने गरी परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको हुनाले र हालको विभेदकारी व्यवस्थाले विगतका उपलब्धीहरु समेत गुम्ने खतरा रहेको हुनाले उक्त योजनामा कदापी संलग्न हुन नसकिने ग्रुपका अध्यक्ष खड्कीले बताए ।

खड्कीका अनुसार कोषमा आबद्ध भएपछि आइएलएफ सम्धीमा भएको ब्यवस्था अनुसार सामूहिक सौदाबाजी गर्न पाइने छैन, यसअघि खाइपाइ आएको तलब घट्ने छ, सरकारी र निजी क्षेत्रका बैंकबीच विभेद सृजना हुनेछ (सरकारी स्वामित्का तीन बैंक आबद्ध हुनुपर्दछ), सामाजिक सुरक्षा कोष र निवृत्तिभरण कोष ल्याएर पुनः विभेद गरिने छ, सरकारी कर्मचारीलाई भन्दा निजी क्षेत्रका कर्मचारीलाई सुविधा कम हुनेछ ।

सरकारले सामाजिक सुरक्षा कोष लाद्न खोजेपछी केही पुराना बैंकरहरु राजिनामा दिएका छन् भने थप यस पेशबाट अलग हुने मनस्थितिमा पुगिसकेको एक बैंकरले बताए ।

Leave a Reply