बैंक तथा वित्तिय संस्थालाई सामाजिक सुरक्षा कोष विरुद्ध आन्दोलनको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

बैंक तथा वित्तिय संस्थालाई सामाजिक सुरक्षा कोष विरुद्ध आन्दोलनको चेतावनी

काठमाडाैं । नेपाल वित्तीय संस्था कर्मचारी संघले बैंक तथा वित्तिय संस्थालाई सामाजिक सुरक्षा कोषमा सूचीकरणका लागि दबाब दिएको भन्दै आन्दोलनको चेतावनी दिएको छ । सामाजिक सुरक्षा कोषले एक सुचना मार्फत २०७८ असार मसान्तसम्म योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सुचिकृत हुनका लागि नीजि तथा संगठित संस्थाहरुलाई आग्रह गरेपछि नेपाल वित्तीय संस्था कर्मचारी संघले आपत्ती जनाएको हो ।

सरकारको नीति नियम अनुरुप व्यवसायिक, पारदर्शी र अनुशासित रुपमा सञ्चालित बैंक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई खाईपाई आएका सेवासुविधाहरु कटौती हुनेगरी जबरजस्ती सामाजिक सुरक्षा योजनामा सरिक गराउन कोषले दबाब दिएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघले विरोध गरेको हो ।

महामारीको कारणले बैक तथा वित्तीय क्षेत्र संकटमा परेको भन्दै यस्तो बेला कोषमा सूचिकृत हुन नसकिने संघले जनाएको छ । यस क्षेत्रमा खोप लगाउन छुटेका कर्मचारी तथा कर्मचारीका परिवारलाई समेत अनिवार्य खोपको व्यवस्था गर्न पनि संघले माग गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);