भारतले देवयानी राणालाई कोकाकोलाको उपाध्यक्षमा नियुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

भारतले देवयानी राणालाई कोकाकोलाको उपाध्यक्षमा नियुक्त

काठमाडौँ । कोकाकोला भारतले देवयानी राज्यलक्ष्मी राणालाई आफ्नो उपाध्यक्षमा नियुक्त गरेको छ ।

कोकाकोलाले राणालाई भारत र दक्षिण–पश्चिम एसियामा कम्पनीको सार्वजनिक मामिला, सञ्चार विभागको जिम्मेवारी समहाल्ने गरी उपाध्यक्षको रुपमा नियुक्त गरेको हो ।

यसअघि राणाले काटरपिलर इन्डियाको निर्देशकको रुपमा रहेर भारत, नेपाल र भुटानको सार्वजनिक मामिला हेरेको अनुभव रहेको छ । कोकाकोलाको भारत र दक्षिण–पश्चिम एसिया हेर्ने अध्यक्ष संकेत रेले देवयानीको आगमनले कोकाकोला यो क्षेत्रमा थप विस्तार हुने बताएका छन् ।

उनले देवयानीसँग नीति, नियम, व्यापार सम्झौता र नियमनबारे वकालत गरेको अनुभव भएका कारण उनलाई उक्त पदको जिम्मेवारीमा नियुक्त गरिएको बताएका हुन् ।

विगत २५ वर्षमा राणाले राष्ट्रसंघको विकास कार्यक्रम (यूएनडीपी) र राष्ट्रसंघ इन्डियाका साथै स्वाब फाउन्डेसन फर सोसियल इन्टर्ननर्सिप, जेनेभा र विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ)मा पनि काम गरेको अनुभव रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);