राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

१९ साउन, काठमाण्डौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डाक्टर स्वर्णिम वाग्लेलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को विहिबार सिंहदरबारमा बसेको बैठकले डाक्टर वाग्लेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । अघिल्लो सरकारले नियुक्त गरेका डाक्टर मिनबहादुर श्रेष्ठले राजीनामा दिएपछि आयोगको उपाध्यक्षको पद खालि थियो ।

गोरखा जिल्लाका वाग्ले सुशिल कोइराला नेतृत्वको सरकारका पालामा आयोगको सदस्य नियुक्त हुनुभएको थियो । वाग्लेले अघिल्लो सरकारका पालामा पनि आयोगमा सदस्यको जिम्मेवारी पाउनुभएको थियो । सरकारले आयोगमा दुई कार्यकाल सदस्यको रुपमा काम गरेका वाग्लेलाई उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

आयोगको सदस्यमा नियुक्त हुनुपहिले वाग्ले विश्व बैंकको वासिंगटनडीसीस्थित मुख्यालयमा वरिष्ठ अर्थशास्त्रीको रुपमा कार्यरत हुनुहुन्थ्यो । अष्ट्रेलियाबाट अर्थशास्त्रमा विधावारिधी गरेका वाग्ले सार्वजनिक वित्त र अन्र्तराष्ट्रिय व्यापार क्षेत्रका विज्ञ मानिनुहुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);