बागमती प्रदेश योजना आयोग उपाध्यक्षमा डा. कृष्णराज पन्त | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

बागमती प्रदेश योजना आयोग उपाध्यक्षमा डा. कृष्णराज पन्त

काठमाडौं । बागमतीको प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णराज पन्त नियुक्त भएका छन् । प्रदेश सरकारको पौष ९ गतेको मन्त्रीपरिषद्को बैठकले चितवनका पन्तलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधी प्राप्त गरेका पन्त विकेन्द्रीकरण तथा सार्वजनिक सेवा प्रवाहका विषयका जानकार मानिन्छन् । त्यस्तै, आयोगको सदस्यमा मकवानपुरका प्रल्हाद लामिछाने र भक्तपुरका राजु नेपाललाइ नियुक्त गरिएको छ । संविधानसभा सदस्य लामिछाने नेकपा माओवादी केन्द्रको कोटाबाट सदस्य बनेका हुन् ।

आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री अध्यक्ष रहने प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष १ र सदस्य ४ गरी पाँच सदस्यीय मनोनित पदाधिकारी रहने व्यवस्था रहेको छ । समावेशीता क्षेत्रबाट महिला अनिवार्य सदस्य रहने गरी थप दुई सदस्य नियुक्त हुन बाँकी रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);