मन्त्रिपरिषद्को पछिल्ला चार बैठकको निर्णय सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

मन्त्रिपरिषद्को पछिल्ला चार बैठकको निर्णय सार्वजनिक

काठमाडौँ। मन्त्रिपरिषद्को पछिल्ला चार बैठकको निर्णय सार्वजनिक भएको छ । बुधबार संञ्चारमन्त्री एवंम सरकारका प्रवक्ता समेत रहेको वसन्त नेम्वाङले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा हिमकुमार ओझालाई नियुक्त गरिएको बताए । जेठ ३१ को निर्णय अनुसार ओझालाई नियुक्त गरिएको हो । नेपाल इञ्जिनियरिङ परिषदको रजिष्ट्रारमा शिवमंगल गिरी नियुक्त भएका छन ।

त्यस्तै, शिक्षा मन्त्रालयको प्रस्तावमा नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिको अध्यक्ष डा. अर्जुन कार्की, डा. असिम ढकाल, डा. विपिनचन्द्र अधिकारी, दिनेश शाह, दोभान राइ अमिना सिंह, डा. संगिता कौशल मिश्र, डा. सूर्यराज आचार्य, डा. उत्तमबाबु श्रेष्ठ, श्रवणकुमार राणा नियुक्त गरिएको पनि जानकारी दिएका छन् । योगमाया आयुर्वदिक विश्वविद्यालयको पूर्वाधार निर्माण समिति सदस्यमा खड्कबहादुर राई र वंशीधर लामा नियुक्त गरिएको हो ।

असार ७ गतेको बैठकले एसीयाली विकास बैंकको कार्यकारी निर्देशकको कार्यालय मनिलामा २ वर्षे कार्यकालका लागि नेपालले प्रतिनिधित्व गर्ने निर्देशकको सल्लाहाकारमा श्रम मन्त्रालयका उपसचिव रमेश अर्याललाई मनोनयन गरी काजमा पठाउने भएको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल मानव स्रोत विभागका कार्यरत सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ९ एआईजीपी पुष्पराम केसीलाई कार्य तथा सीमा सुरक्षा विभागका सरुवा गरिएको छ भने सो स्थानमा कार्य तथा सीमा सुरक्षा विभागमा कार्यरत एआईजीपी रामशरण पौडेललाई ल्याउँने निर्णय भएको बताइएको छ । नेपाली सेनाका पाइलट सहायक रथी आशिष नरसिंह राणालाई पाइलट उपरथीमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरिएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);