राजनीतिक परिर्वतनलाई संस्थागत नगरेसम्म प्रतिगमनको खतराः उपेन्द्र यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

राजनीतिक परिर्वतनलाई संस्थागत नगरेसम्म प्रतिगमनको खतराः उपेन्द्र यादव

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक परिर्वतनलाई संस्थागत नगरेसम्म प्रतिगमनको खतरा कायमै रहने बताएका छन् । बुधबार गठबन्धनले आयोजना गरेको नागरिक समाजसंगको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवलेविगत देखि वर्तमान सम्म विभिन्न आन्दोलन र संघर्षबाट प्राप्त परिर्वतनलाई संस्थागत गर्ने कामबाट राजनीतिक दलका नेताहरु चुकेको बताएका छन् ।

प्रतिगमनलाई परास्त गर्न सजिलो नभएको र परिर्वतन संस्थागत भई जीवन प्रणालीमा रुपान्तरण नभएसम्म प्रतिगमनका खतरा कायमै हुने हुनुपर्नेमा जोड दिएका छन् । परिर्वतनलाई संस्थागत गर्ने काममा सबैको प्रयास हुनुपर्ने भन्दै उनले देशको परिवर्तनलाई संस्थागत गर्नका लागि पनि विपक्षी दलको वर्तमान गठबन्धनलाई लामो समयसम्म लैजानुपर्ने बताए ।

उनले भने, ‘जबसम्म परिवर्तन सम्पूर्णरुपले संस्थागत हुँदैन । प्रतिगमनको खतरा रहीरहेको हुनाले अब यो गठबन्धनलाई हामीले लामो समयसम्म लैजानुपर्ने आवश्यकता छ र यहीँ आवश्यकतालाई महशुस गरेर नै लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्दै अघि बढ्ने हाम्रो प्रयास रहन्छ ।’


वर्तमान गठबन्धनले प्रतिगमन परास्त भएपछि कसरी अगाडी बढ्ने भन्ने विषयमा पनि खाका बनाउनुपर्नेमा उनको जोड रहेको छ । देशको परिवर्तनलाई जोगाउन सम्पूर्ण राजनीतिक दल एकजुट हुनुपर्ने उनको एकमत रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);