विज्ञापन बोर्डको अध्यक्षमा हुमागाई र चुरे संरक्षण समितिमा पौडेल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विज्ञापन बोर्डको अध्यक्षमा हुमागाई र चुरे संरक्षण समितिमा पौडेल

काठमाडौं, २० चैत । विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटार शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले हुमागाईलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्षका लागि हुमागाईंसँगै लेखनाथ शर्मा पंगेनी र रमेशकुमार खड्का नाम चर्चामा थियो ।

बैठकले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा अर्यालले जानकारी दिईन् । बैठकले पूर्व जर्नेल बाबुकृष्ण कार्की, डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्यलाई समितिको सदस्यमा नियुक्त गरेको छ ।

०७१ असार २ गते राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति गठन गरिएको थियो । चुरे क्षेत्रमा समस्या समाधानका लागि सो समिति गठन गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);