वीरगञ्जमा आम हड्तालको प्रभाव : ठाउँ ठाउँमा प्रदर्शन, ३० जना भन्दा बढी नेता कार्यकर्ता पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

वीरगञ्जमा आम हड्तालको प्रभाव : ठाउँ ठाउँमा प्रदर्शन, ३० जना भन्दा बढी नेता कार्यकर्ता पक्राउ

नितेश कर्ण
वीरगञ्ज ,२२ माघ ।
प्रचण्ड-माधव पक्षिय नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव वीरगञ्जमा परेको छ । मुख्य बजार क्षेत्रका अधिकांश पसल खुलेका छन् भने नगर क्षेत्रभित्र गुड्ने ईरिक्शा तथा निजी सवारीका साधन सञ्चालनमा छन् ।

लामो तथा छोटो दुरीका सवारीका साधन भने सञ्चालनमा छैनन् । प्रहरीको उच्च सुरक्षा व्यवस्थाका बिच व्यापारीहरुले व्यवसाय सञ्चालन गरिरहेका छन् । शिक्षण संस्थामा पठनपाठन भने ठप्प पारिएको छ । मुख्य चोकहरुमा प्रहरीको उपस्थिती बाक्लो बनाइएको छ ।

बन्द सफल पार्नका लागि नेकपा प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताहरु बिहानै देखि ठाउँ ठाउँमा प्रदर्शन गर्नुका साथै टायर बालेर नारावाजी गरेका छन् ।

यता, बजारमा पसल बन्द गराउँन हिडेका, गाडी अवरोध गर्न खोज्ने तथा टायर वालेर प्रदर्शन गर्न खाजेका नेकपामा २२ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताए । तर, नेकपाका नेता तथा संविधान सभा सदस्य बिचारी यादवले प्रहरीले हाल सम्म ३० जना भन्दा बढी नेता कार्यकर्तालाई पक्राउ गरेको बताए ।

नेकपाका युवा नेता अरबिन्द यादव, मनोज चौधरी, अरुण यादव, रहवर अंसारी, शिवम् साह, प्रभाकर गुप्ता, लालबाबुलगायतका नेतालाई प्रहरी अनाहकमा पक्राउ गरेको नेता यादवले बताए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी को गाडि मा तोडफोड गर्ने ४ जाना लाई वीरगञ्ज को घन्टा घर बाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

बन्दका कारण हाल सम्म पर्सामा कुनै अप्रिय घटना नभएको तथा स्थिती समान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको् छ । बन्दलाई मध्य नजर गर्दै पर्सामा बजार क्षेत्रहरुमा भारी मात्रामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई परिचालन गरिएको तथा अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साको भनाई छ ।

प्रहरीको अवरोधका कारण पनि नेकपाका नेता कार्यकर्ताहरुले ठाउँ ठाउँमा प्रदर्शन भने गरी नै राखेका छन् । बन्द सफल पार्नका लागि घण्टाघरमा भारीमात्रा नेकपा प्रचण्ड माधव पक्षित नेता कार्यकर्ताहरुको उपस्थिती रहेको छ ।

असंवैधानिक नियुक्ति तथा प्रतिगमनको विरुद्धमा प्रचण्ड माधव पक्षले आह्वान गरेको बन्दको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । बन्द सदाका लागि बन्द गराँै, बन्दको विकल्प चाहियोलगायतका विभिन्न पोष्टसहित सामाजिक सञ्जालमा बन्दको विरोध भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);