कपिलवस्तुमा आम हड्तालको प्रभाव : प्रमुख बजार सुनसान, जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कपिलवस्तुमा आम हड्तालको प्रभाव : प्रमुख बजार सुनसान, जनजीवन प्रभावित

शम्भू माली
कपिलवस्तु, माघ २२ ।
सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले बिहीबार राखेको देशब्यापी आम हड्तालको प्रभाव कपिलवस्तुमा पनि परेको छ ।

नेकपाका नेता, कार्यकर्ता बिहानै देखि जिल्लाका चोक चोकमा निस्किएपछि बन्दको प्रभाव यातायात, बजार, उद्योगधन्दा, शिक्षणसंस्था लगायतमा परेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेपछि झनै आक्रोसित बनेको नेकपा बन्द सफल बनाएर सरकारलाई दबाब दिन सडकमा उत्रिएको छ ।

बन्दको कारण जिल्लाका प्रमुख बजार सदरमुकाम तौलिहवा, चारनम्बर जीतपुर, चन्द्रौटा, कृष्णनगर लगायत सुनसान जस्तै बनेका छन् भने पूर्व पश्चिम महेन्द्र राजमार्ग विहानै देखि सुनसान जस्तै बनेको छ भने सहायक सडकरुमा पनि सवारी चलेका छैनन् ।

बन्दकर्ताले कुनै अप्रिय कदम चाल्ने सम्भावनाका कारण जिल्लाका ठाउँ ठाउँमा बाक्लै सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बन्दले कपिलवस्तुको जिल्ला सदरमुकाम तौलिहवाको जनजीवन प्रभाबित भएको छ । सदरमुकाम तौलिहवाको बजार पुर्ण रुपमा बन्द भएको छ । बन्दकाका कारण सदरमुकाम तौलिहवा, कृष्णनगर, पकडी, चाकरचौडा, चन्रौटा लगायतका क्षेत्रमा उधोगधन्दा, कलकारखाना, यातायात र शैक्षिक संस्था प्रभाबित भएका छन ।

बन्दले सदरमुकाम तौलिहवा बाट छुटने लामो र छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । भने पुर्व पश्चिम राजमार्ग क्षेत्रमा पुर्ण रुपमा सवारी साधन बन्द छन । प्रमुख चौकमा प्रहरीको बक्लो उपस्थिति रहेको छ । वन्दका कारण कृष्णनगर र सुठौली भंसार समेत प्रभावित भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);