बिप्लव समुहले गरेको नेपाल बन्दको प्रभाव कपिलवस्तुमा | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

बिप्लव समुहले गरेको नेपाल बन्दको प्रभाव कपिलवस्तुमा

कपिलवस्तु, १० माघ । नेकपा बिप्लव समुहले गरेको नेपाल बन्दको प्रभाव कपिलवस्तुमा परेको छ ।

शनिवार विहानै देखी पूर्व पश्चिम राजमार्ग स्थित शिवराज नगरपालिकाको बनकस बासामा माओवादी कार्यकर्ताले चितवनबाट दाङ जादै गरेको ना ६ च २१८५ नंबरको ट्रकमा पट्रोल भरिएको सिसी प्रहार गरेका थिए । सिसि प्रहारले ट्रकको अगाडीको सिसा फुटेको प्रहरीले जनाएको छ ।

प्रहरीले स्कटिङ गरेर सवारी साधनलाई दाङको सीमासम्म पु¥याउदै गरेको बेला घटना भएको थियो ।पूर्व पश्चिम राजमार्ग र अन्य सहायक मार्गमा बन्दको प्रभाव परेकोछ । भाडा र निजी सवारी साधन चलेका छैनन् । छिटफुट रुपमा मोटराईकल मात्रै चलेका छन् ।

जिल्लाका राजमार्गका प्रमुख बजार चार नम्बर, चन्द्रौटा, गोरुसिंगे र पिपरा सुनसान छ । पसल बजार खुलेका फाटपुट मात्रै छन । ठाउ“ ठाउ“मा सुरक्षाकार्मीको बाक्लो संख्यामा परिचालन गरिएको छ ।

प्रहरीले स्कटिङ गरेर राजमार्गमा सवारी साधन सुचारु गरेको जिल्ला प्रहरी प्रमुख उपरिक्षक नवराज अधिकारीले बताए । कपिलवस्तु नेकपाबिप्लव समुह अध्यक्ष नेत्र विक्रम चन्दको गृह जिल्ला हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);