पोखरामा पनि देशब्यापी आम हड्तालको प्रभाव | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

पोखरामा पनि देशब्यापी आम हड्तालको प्रभाव

पोखरा, २२ माघ । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले आज देशब्यापी आम हड्तालको प्रभाव पोखरामा पनि परेको छ ।

नेकपाका नेता, कार्यकर्ता विहानै देखि जिल्लाका चोक चोकमा निस्किएपछि बन्दको प्रभाव यातायात, बजार, उद्योगधन्दा, शिक्षणसंस्था लगायतमा सबैतिर परेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेपछि झनै आक्रोसित बनेको नेकपाले बन्द सफल बनाएर सरकारलाई दबाब दिन सडकमा बन्द गर्न आएको हो ।

बन्दको कारण जिल्लाका प्रमुख बजार सदरमुकाम महेन्द्रपुल, चिप्ले ढुङ्गा, पृथ्वी चोक, अमरसिंह चोक लगायत सबै सुनसान जस्तै बनेका छन् भने टाढा जाने यातायात हरु बाटो बिहानै देखि सुनसान जस्तै बनेको छ भने सहायक सडकरुमा पनि सवारी चलेका छैनन् भने मोटरसाइकल छिट्ट्फुट्ट चलेका छन् ।

बन्दकर्ताले कुनै अप्रिय कदम चाल्ने सम्भावनाका कारण जिल्लाका ठाउँ ठाउँमा बाक्लै सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बन्दले गर्दा गण्डकी प्रदेस को सदरमुकाम कास्की जिल्लाको जनबिजवन प्रभाबित भएको छ । सदरमुकाम समपुर्ण रुपमा बन्द भएको छ । बन्दकाका कारण सदरमका उधोगधन्दा, कलकारखाना, यातायात र शैक्षिक संस्था प्रभाबित भएका छन् ।

Leave a Reply

ताजा समाचार