हड्तालले नागरिकमा पीडा मात्रै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

हड्तालले नागरिकमा पीडा मात्रै

बन्दलाई सदाको लागि बन्द गर , कि विकल्प खोज

विमल क्षेत्री
बुटवल, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल समूहले आह्वान गरेको आमहड्तालको बुटवल सहित देशभर प्रभाव देखिएको छ । संवैधानिक निकायमा सरकारले गरेका नियुक्तिको विरोधमा प्रचण्ड नेपाल समूहले देशब्यापी आमहड्तालको आह्वान गरेको हो ।

केही समय अघि कोरोना महामारीले गर्दा देशनै लामो समय बन्दाबन्दीको अवस्थामा थियो जसबाट भर्खर राहत पाएका आम नागरिकमा बन्द प्रवृति फेरी सुरु हुने होकी भन्ने चिन्ताले सताउन थालेको छ ।बिहिवार नेकपाको प्रचण्ड नेपाल समूहले आह्वान गरेको हड्तालको कारण देशभरका नागरीकहरुहरुले सास्ती खेप्न बाध्य भएका छन् ।

बन्दले गर्दा लामो तथा छोटो दुरीका सवारीसाधनहरु चल्न सकेनन् । सडकमा केही निजी सवारी साधनहरु देखिएको भएपनि यात्रुहरु देशभरका बसपार्क देखी सडकहरुमा अलपत्र परेका छन् । अर्को तिर चलेका केही सवारी साधनहरु माथी पनि बन्दकर्ताहरु आगलागि र तोडफोडका उत्रिएपछि जनस्तरका नागरीकहरुले पाउन सम्म दुःख पाएका छन् ।

नेकपाका प्रचण्ड नेपाल समूहका कार्यक्रता विहानै देखि सडकमा देखिएका छन् ।बन्दका कारण विहानै देखि शिक्षण, संस्था पसल व्यवसायलगायत ठप्प छन् । बन्दका क्रममा एम्बुलेन्स, दूध बोक्ने गाडी, प्रेस, शवबहान, परीक्षामा सहभागी हुने विद्यार्थीका सवारीसाधन भने सञ्चालन भएको देखिएको छ ।बुटवल उपमहानगरपालिका ११ , देविनगरमा रहेको नविन औधौगिक कदरबहादुर रिता उच्च मा.वि.मा कक्षा ११मा विज्ञान विषय अध्ययन गर्ने छात्रा विपना क्षेत्रीलाई कारोना पछि विद्यालय जान पाउँदा खुसीको सिमा रहेन ।

तर फेरी केही व्यक्ति , पार्टीहरुको राजनीतिक स्वार्थ पुर्ति गर्न गरिएको अमअड्तालले उनको नियमीत अध्ययनमा समस्या पार्ने चिन्ताले उनलाई सताएको छ । विद्यालय शान्ती क्षेत्र भएकोले बन्दको समयमा पनि सहज विद्यालय सञ्चालन होस र पढ्न पाउने अधिकार सुनिश्चित भएको उनले महसुस गर्न चाहान्छिन् ।बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधिलाई रोक्न देशभरीनै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

गृहमन्त्रालयले सुरक्षा व्यवस्था चुस्त पारिएको भन्दै आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न बुधबार नै विज्ञप्ती जारी गरी आह्वान गरेको थियो तर व्यवसायहरु भने सहज रुपमा सञ्चालनमा आउन सकेका छैनन् ।कोभिड–१९ का कारण मुलुकले लामो समय लकडाउन व्यहोनु पर्यो । लकडाउन पछि व्यपार, व्यवसाय तंरिन नपाउँदै मुलुक बन्द हड्तालतर्फ उन्मुख भएको छ ।

संसद् विघटनका विरुद्ध संघर्षरत नेकपाको प्रचण्ड–नेपाल समूहले विहिवार देशव्यापी आम हड्ताल गरेको छ, फेरी भोली कुन समूहले कुन माग र मुद्दा उठाउदै हड्ताल गर्ने हो? आवेग , चिन्ता र बाध्यताले नागरीकहरुलाई सताउने गरेको छ ।

नेपालमा रहेका राजनितीज्ञहरुले नेपाल वन्द र आम हड़तालको असर र नेपाली जनताको पीड़ाको वारेमा पुनर्विचार गरी वैकल्पिक पाटो अवलम्वन गर्नुपर्ने देखिन्छ । राजनीतिक परिवर्तनको नाममा जनताले धेरै दुःख सहेका छन् अव विरोध स्वरुप गरिने बन्द,हड्तालको विकल्प खोज्न आवश्यक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);