जनकपुरमा बन्दकर्ता र प्रहरीबीच झडप, ५० औं राउण्ड हवाई फायर, झा घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

जनकपुरमा बन्दकर्ता र प्रहरीबीच झडप, ५० औं राउण्ड हवाई फायर, झा घाइते

काठमाडौं, २२ माघ । बिहीबारको बन्दमा जनकपुरमा नेकपा दाहाल – नेपाल पक्षका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । यस क्रममा प्रहरीले केही राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ ।

झडपमा परि नेकपाका नेता रामचन्द्र झा घाइते भएका छन् । सो पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार प्रहरीले झा लाई आक्रमण गरी घाइते बनाएको हो । रिजालका अनुसार प्रहरीले जुलुसको पछाडिबाट ५० औं राउण्ड गोली चलाएको छ।

नेकपाका नेता र कार्यकर्ताले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई रोक्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);