रौतहट। सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ । रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा दुवै पक्षबीचमा झडप हुदाँ प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो । जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार मतदान केन्द्र बाहिर दुई पक्षबीच झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको छ । स्थिति नियन्त्रणमा आएपछि मतदानको प्रक्रिया भने जारी राखिएको छ ।
रौतहटको गुजारा मतदान स्थलमा झडप, प्रहरीद्वारा हवाइ फायर
ताजा समाचार
लागूऔषधसहित ४ जना पक्राउ
चैत ३०, २०८०
राजस्व चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी सम्पन्न
चैत ३०, २०८०
कुवेत पठाइदिने भनि श्रीलंका पुर्याएर मानव बेचबिखन
चैत ३०, २०८०