बाजुरामा मतदानस्थलमै झडप, केहीबेर मतदान राकियो | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

बाजुरामा मतदानस्थलमै झडप, केहीबेर मतदान राकियो

बाजुरा, १० मंसिर। बाजुरामा वामपन्थी एवम् नेपाली कांग्रेस पक्षबीच झडप भएपछि प्रहरीले घटनालाई नियन्त्रणमा लिन हवाई फायर गरेको छ।

बुढीनन्दा नगरपालिका– ८ मा रहेको पिसक्रियटर बोर्डिङ स्कुल मतदान केन्द्रमा दुई पक्षबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाइ फायर गरिएको प्रहरीले जानकारी दिएको हो। झडपका कारण दुईजना घाइते भएका छन्।

झडप पछि केही बेर मतदान रोकिएपनि अहिले मतदान भइरहेको छ।