सर्लाहीमा कांग्रेस र राजपाका कार्यकर्ता बीच झडप, एक महिला गम्भिर घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सर्लाही, २१ मंसिर। सर्लाहीमा कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ताबीच झडप भएको छ। सर्लाहीको कौडेना गाउँपालिका २ जनता माध्यमिक विद्यालय फूलपरासी मतदान केन्द्रमा भएको झडप पछि मतदान स्थगित भएको प्रहरीले जानकारी दिएको छ।

एक अशक्त व्यक्तिको मतदान विषयलाई लिएर भएको झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ४ राउन्ड हवाई फायर गरेको छ। झडपको कारण राजपा कार्यकर्ता सरोज कुमार यादव, मनोज कुमार यादव र रामरती देवी यादव घाइते भएका छन् । कौडेना-३ फुलपरासी निवासी रामरतीको अवस्था गम्भीर छ ।

सो क्षेत्र निर्वाचन क्षेत्र न.२ मा कांग्रेसका जंगिलाल राय र राजपा नेपालका महेन्द्र राय यादव चुनावी मैदानमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);