आक्रमणको डरले कांग्रेस कार्यकर्ताले गाँउ छाडे | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

रौतहट, ६ असोज । रौतहटको कटहरिया नगरपालिकाको बलुवा टोलका कांग्रेस कार्यकर्ताले आक्रमण हुनसक्ने डरले गाउँ छाडेका छन् ।

भोटको विषयलाई लिएर नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताबीच भएको झडपमा राजपा नेपालका कार्यकर्ताको मृत्यु भएपछि राजपाका कार्यकर्ताबाट पुनः आक्रमण हुनसक्ने डरले उनीहरुले गाउँ छाडेका हुन् ।

युवा पुरुषहरुले गाउँ छाडेपछि बलुवा क्षेत्रमा यतिबेला महिला र बालबालिका र वृद्धावृद्धामात्र छन् । पुनः झडप हुन सक्ने भन्दै स्थानीय प्रशासनले सुरक्षा सतर्कता अपनाएको जनाएको छ । बुधबार भएको झडपमा राजपा नेपालका कार्यकर्ता ५० वर्षीय रामपुकार यादवको मृत्यु भएको थियो भने दुवै पक्षका गरी सात जना घाइते भएका थिए । घटनामा संलग्न अनुठा राय यादव, बायजु साह र भुन यादवलाई रौतहट प्रहरीले पक्राउ गरेको छ भने केही आरोपित फरार छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);