अपडेट : रौतहटको कटहियामा कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप, एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

समाचार प्रतिनिधिमुलक तस्बिर

रौतहट, ५ असोज । रौतहटको कटहियामा नेपाली कांग्रेस र राजपाका कार्यकर्ताबीच झडपहुँदा एक जनाको मृत्यु भएको छ। रौतहटको कटहिया नगरपालिकाको बालुवाटोल वडा नम्बर ८ झडप हुँदा राजपाका कार्यकर्ता ४८ वर्षीय रामपुकार यादवको मृत्यु भएको बताईएको छ।

अपडेट :

यसअगाडि मृतक यादव राजपाका कार्यकर्ता भनिएको थियो तर अहिले उनी कांग्रेस समर्थक भएको खुल्न आएको प्रहरीले जनाएको छ। भाडामा बस्ने छिमेकीलाई बँचाउन जाँदा दोहोरो झडपमा परेर यादवको ज्यान गएको बताईएको छ।

आपसमा झगडा गर्नेहरु घाइते छन् तर झगडा शान्त पार्न पुगेका छिमेकीको ज्यान गयो। रौतहट कटहरीया नगरपालिका वडा नम्बर ८ बलुवाचोकका ४८ बर्षीय रामपुकार राय यादवको ज्यान गएको रौतहटका एसपी यज्ञविनोद पोख्रेलले बताएका छन्।

घरबेटी नेपाली कांग्रेस समर्थित हुन्। भाडामा बस्नेले कांग्रेसलाई मत नदिएर अर्कै दललाई दिएको विवाद हिंसामा परिणत भएको थियो। प्रहरीले नेपाली कांग्रेस समर्थित ती घरबेटीसहित झगडामा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको छ।

 

 

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);