कार्यकर्ताबीच झडप हुँदा एकजना तीन वर्षीया बालिकाको मूत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

रौतहट, काठमाडौं, १५ असोज । नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा एकजना तीन वर्षीया बालिकाको मूत्यु भएको छ ।

खानेपानीको निहुमा शनिवार राति वृन्दाबन नगरपालिका–५ स्थित नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको हो ।

हुलास राय यादव र छिमेकी कृष्ण चौधरीबीच राति १० बजे भनाभन भएकोले यादव पक्ष नेपाली काँग्रेस र चौधरी पक्ष नेकपा एमाले भन्दै पछि झडपमा परिणत भएको थियो ।

झडपमा हुलास यादवको तीन वर्षीया छोरी अञ्जली कुमारीलाई चोट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ । काँग्रेस समर्थित हुलास राय यादव र एमाले समर्थित कृष्ण चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);