झडपमा दुई जना घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

झडपमा दुई जना घाइते

जाजरकोट । मंगलबार राति १० बजेतिर सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेस–एमाले कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।  घाइते हुनेमा नेकपा एमालेका कार्यकर्ता ३६ वर्षीय सुनिल विक र २६ वर्षीय इन्द्र विक छन् । दुवै जनाको नेपालगन्जमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी रामप्रसाद घर्तीका अनुसार आफ्ना कार्यकर्ता घाइते भएपछि एमालेका कार्यकर्ता आक्रोशित बनेका थिए । उनीहरूले केही बेर प्रहरीसँग विवाद पनि गरेका थिए । प्रहरी र एमाले कार्यकर्ताबीच विवाद हुँदा चार जना प्रहरी सामान्य घाइते भएको घर्तीले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);