माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप, एक घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप, एक घाइते

रुकुम, ८ मंसिर। रुकुममा नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा एकजना गम्भीर घाइते भएका छन्।

झडपमा परी सानीभेरी गाउँपालिका–७ का वडाध्यक्ष कुलबहादुर बुढाकी श्रीमती कल्पना घाइते भएकी छन्।

बिहीबार साँझ मुसिकोटमा भएको चुनावी सभामा सहभागी भएर घर फर्कंदै गर्दा माओवादी केन्द्रका कार्यकर्ताले काँग्रेस कार्यकर्ता चढेको गाडीमा ढुंगामुडा गरेपछि दोहोरो झडप भएको हो।

झडपमा परि घाइते भएकी कल्पनाको उपचारका लागि नेपालगंज ल्याइएको छ। घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);