जाजरकोटमा त्रसित मतदाता, झडप हुने डरले आएनन् मतदाता | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

जाजरकोट, १० मंसिर। जाजरकोटस्थित कुशे गाउँपालिका–८, अवलरिजा मतदान केन्द्र नजिकै वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच गएराति दोहोरो झडप हुँदा दर्जन घाईते भएका छन्।

झडपका कारण दजनौँ घाइते भएका छन्। घाइते मध्य एक जनाको अवस्था गम्भिर रहेको छ। घाइतेहरुको उद्दार हुन नसकेको स्थानीयले जनाएका छन्। झडपमा परेका कम्तिमा ४ जना बेपत्ता रहेका छन्।

झडपका कारण सरस्वती माध्यमिक विद्यालय अवलरिजा मतदान केन्द्रमा भोट हाल्न आउन मतदाता डराएको स्थानीयले जानकारी दिएका छन्।

उक्त मतदान केन्द्रमा हालसम्म २०/२५ जना बाहेकले मतदान नगरेको उनले बताए । विप्लव माओबादीको धम्कीका कारण मतदाता भोट हाल्न जान डराएको स्थानीयले बताए। तीन दिन अघि मतदान बहिष्कार गर्ने भन्दै विप्लवका कार्यकताले सोही मतदान केन्द्र भएको वडा अध्यक्ष गोपालबहादुर नेपालीलाई अपहरण गरेका थिए । अध्यक्ष नेपाली अपहरण मुक्त हुन सकेका छैनन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);