देवयानीले आफ्नै बुवालाई भोट हाल्न पाइनन् | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

सिन्धुपाल्चोक, ११ मंसिर । राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति सम्शेर राणाकी छोरी देवयानी राणाले बाबु (पशुपति) लाई भोट दिन पाइनन्। उनका बाबु पशुपति सिन्धुपाल्चोक–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। समाचार नागरिक दैनिक बाट लिएका हौँ।

मतदाता नामावलीमा नाम नभएका कारण देवयानीले बाबुलाई भोट दिन नपाएकी हुन्। उनको सिन्धुपाल्चोकबाट मतदाता नामावलीमा नाम छैन। उनका बाबु पशुपतिले भने पाँचपोखरी गाउँपालिकाको बाँसखर्कबाट मतदान गरेका छन्। भोट खसाल्न नपाए पनि देवयानी बाबुसँगै केही मतदान केन्द्र अवलोकन गर्न पुगिन्। उनी बाबुको प्रचारमा सातादेखि जिल्लामा छिन्।

पशुपतिका प्रतिस्पर्धी बाम गठबन्धनका उम्मेदवार शेरबहादुर तामाङले मेलम्ची नगरपालिकाको सिन्धुकोटमा भोट खसाले। क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार माओवादी नेता अग्नि सापकोटाले आफ्नै गाउँ कुविण्डे र उनका प्रतिस्पर्धी सूचना तथा सञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतले बाह्रविसेबाट मतदान गरे।