रोचक बन्दै वीरगञ्जको मत परिणाम, कांग्रेसले राजपालाई उछिन्यो | ईमाउण्टेन समाचार

Our Network

साउन २१ २०८३, शुक्रबार

वीरगञ्ज, ५ असोज । प्रदेश नं. २ को एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा नेपाली कांग्रेस र राजपाबीच तिब्र प्रतिस्पर्धा देखिएको छ। मतगणनाको परिणाम सार्बजनिक गर्ने क्रममा कुनै बेला कांग्रेस त कुनै बेला राजपा अगाडि देखिएका छन्। सुरूदेखि नै राजपा र कांग्रेसबीच प्रतिस्पर्धा रहेको वीरगञ्जको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका मेयर पदका उम्मेदवार अजयकुमार द्धिवेदीले २३८६ मत ल्याएका छन् भने उपमेयर शान्ति कार्कीले २२१७ मत पाएकी छन् । त्यस्तैगरी राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले २२८६ मत ल्याएर कांग्रेसका द्धिवेदीलाई पछ्याई रहेका छन् भने राजपा उप मेयरकी उम्मेदवार रम्भा मिश्राको २,२१७ पाएकी छन्।

त्यस्तै फोरम लोकतान्त्रिकका मेयर उम्मेदवार विमलप्रसाद श्रीवास्तवको १,५२९ र उपमेयर रिंकु यादवले १५२५ मत छ।

ताजा समाचार