महानगर अपडेट : कांग्रेसले बढायो मतान्तर, माओवादीलाई उछिन्दै अघि बढ्यो एमाले (विवरण सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

महानगर अपडेट : कांग्रेसले बढायो मतान्तर, माओवादीलाई उछिन्दै अघि बढ्यो एमाले (विवरण सहित)

काठमाडौँ, ७ असोज । वीरगञ्ज महानगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसले मतान्तर बढाएर ४८९ पुर्याएको छ। कांग्रेसका उम्मेदवार अजय द्धिवेदीको ७३१४ मत छ भने उनका निकटतम प्रतिद्धन्दी संघीय समाजवादी फोरमका विजय सरावगीको ६८२५ मत छ। केही समय अगाडिको परिणाममा कांग्रेसका उम्मेदवार द्धिवेदीभन्दा फोरमका उम्मेदवार सरावगी जम्मा २११ मतले पछाडि थिए।

त्यस्तैगरी अघिल्लो मत परिणाममा माओवादी केन्द्र भन्दा २८६ मतले पछाडि रहेको एमाले अहिले ८ मतले अगाडि आएको छ । अहिले माओवादी केन्द्रका मेयर पदका उम्मेदवारको ३६४४ मत छ भने एमाले उम्मेदवारको मत ३६५२ रहेको छ।

अहिले पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार मेयर ७३१४, उममेयर ८३०१, संघीय समाजवादी फोरमका उम्मेदवार मेयर ६८२५, उपमेयर ६६६४, राष्ट्रिय जनता दलका उम्मेदवार मेयर ५२१२, उप मेयर ४४४१, माओवादीका उम्मेदवार मेयर ३६४४, उपमेयर २५४८  र एमाले उम्मेदवार मेयर ३६५२, उपमेयर ४३६८ मत छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);