वीरगञ्ज अपडेट: फोरमलाई पछ्याउदै नेपाली कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौँ, ११ असोज । वीरगञ्ज महानगरपालिकामा जारी मतगणनामा संघीय समाजवादी फोरमलेको अग्रता कायम नै रहेको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ ।

८४ हजार भन्दा बढी मत खसेकोमा लगभग ७८ हजार मत गन्दा कांग्रेसलाई पछि पार्दै संघीय समाजवादी फोरम नेपालले अग्रता लिइरहेको हो । मतगणनाको सुरुमा राजपा अघि रहेता पनि त्यसपछि कांग्रेसले अग्रता लिएकोमा अहिले फोरम अघि आएको हो । उपमेयरमा भने कांग्रेसकै अग्रता रहेको छ ।

अहिले पछिल्लो परिणाम अनुसार संघीय समाजवादी फोरमका उम्मेदवार मेयर १८२३१, उपमेयर १७५३०, नेपाली कांग्रेसका उम्मेदवार मेयर १६४९१, उममेयर १८८८६, , राष्ट्रिय जनता दलका उम्मेदवार मेयर ११००१, उप मेयर ९३७४, माओवादीका उम्मेदवार मेयर ७९३३, उपमेयर ४८२३, एमाले उम्मेदवार मेयर ८१८६, उपमेयर ९८०३ र फोरम लोकतान्त्रिकका उम्मेदवार मेयर ७७६२, उपमेयर ६६९३ मत रहेको छ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);