वीरगञ्ज महानगरमा कांग्रेसले घटायो मतान्तर, माओवादीलाई उछिन्दै एमाले अगाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

वीरगञ्ज, ४ असोज । वीरगञ्ज महानगरपालिकाको जारी मत गणनामा दुई दलबीच कडा प्रतिष्पर्धा देखिएको छ। पछिल्लो मतपरिणाम अनुसार राजपाले अग्रस्थान कायमै राखेको छ । यद्यपी कांग्रेसले भने मतअन्तर घटाएको छ ।

मतपरिणाम अनुसार, यहाँ राष्ट्रिय जनता पार्टीका राजेशमान सिंहले १२७१ मतका साथ ‘लिड’ गरिरहेका छन् भने नेपाली कांग्रेसका अजयकुमार द्विवेदी १०६३ मतका साथ दोस्रो स्थानमा छन्। राजपा र कांग्रेसबीच यसअघि २७४ मतको अन्तर रहेकोमा अहिले मतअन्तर घटेर २०८ भएको छ ।

यहाँ फोरम नेपाल तेस्रो स्थानमा छ । फोरमका मेयर उम्मेदवार विजयी सरागवी ५८२ मत पाएका छन् भने यसअघि चौथो स्थानमा रहेको माओवादी केन्द्रलाई उछिन्दै एमाले सो स्थानमा आएको छ । एमालेको पक्षमा ४६५ मत छ भने माओवादी केन्द्रको उम्मेदवारले ४४५ छ मत पाएका छन्। लोकतान्त्रिक फोरमका मेयर उम्मेदवारले ३२५ मत ल्याएका छन्।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);