झन् रोचक बन्दै वीरगन्जको मतपरिणाम, कांग्रेसलाई उछिन्दै राजपाले बढायो मतान्तर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

झन् रोचक बन्दै वीरगन्जको मतपरिणाम, कांग्रेसलाई उछिन्दै राजपाले बढायो मतान्तर

वीरगन्ज, ४ असोज । वीरगन्ज महानगरपालिकाको जारी मत गणनामा दुई दलबीच कडा प्रतिष्पर्धा देखिएको छ। यसअघि सार्वजनिक मतपरिणाममा कांग्रेस अगाडि देखिए पनि पुन राजपाले स्थितिमा सुधार गर्दै अग्रता लिएको छ।

पछिल्लो पटक प्राप्त मतपरिणाम अनुसार, यहाँ राष्ट्रिय जनता पार्टीका राजेशमान सिंहले १२३९ मतका साथ ‘लिड’ गरिरहेका छन् भने नेपाली कांग्रेसका अजयकुमार द्विवेदी ९६५ मतका साथ दोस्रो स्थानमा छन्। राजपा उम्मेदवारभन्दा कांग्रेसका उम्मेदवारबीच २७४ मतको अन्तर छ।

यहाँ फोरम नेपाल तेस्रो स्थानमा छ । फोरमका मेयर उम्मेदवार विजयी सरागवी ४७६ मत पाएका छन् भने माओवादी केन्द्रका उम्मेदवारले ४०९ छ मत पाएका छन्। त्यस्तैगरी एमाले र लोकतान्त्रिक फोरमका मेयर उम्मेदवारले क्रमशः ३२५ र २९३ मत ल्याएका छन्।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);