सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेस विजयी | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८३, शुक्रबार

सर्लाही, ५ असोज । स्थानीय निकाय निर्वाचन अन्तगर्त प्रदेश नम्बर २ मा मतगणना कार्य जारी छ । अहिले पछिल्लो मत परिणाम अनुसार सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।

नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार रामआश्रेन साह ४,५२१ मत सहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार गौरी शंकर शाहले ३,२८४ मत ल्याएका थिए।

त्यस्तैगरी गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी उम्मेदवार अकलीदेवी  सहनी विजयी भएकी छन् । उनले माओवादीकी उम्मेदवार संगीता कुमारीलाई हराउँदै विजयी भएकी हुन्। विजयी उम्मेदवार सहनीले ४,४६१ मत ल्याएकी छन्।

ताजा समाचार