सर्लाहीको ईश्वरपुरमा कांग्रेसका आचार्य र चौधरी विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सर्लाहीको ईश्वरपुरमा कांग्रेसका आचार्य र चौधरी विजयी

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मतगणनाको सम्पन्न मतपरिणामअनुसार ईश्वरपुर नगरपालिकाको मेयर पदमा कांग्रेसका मनोजकुमार आचार्य विजयी भएका हुन् । आचार्यले कुल ८४८० मत प्राप्त गर्दा, निकटतम प्रतिस्पिर्धी एमाले उम्मेदवार एवं निवर्तमान मेयर मनोजकुमार देवकोटाले ५९६० मतमात्र प्राप्त गरे ।

उपमेयरमा पनि कांग्रेसकी रंजितादेवी चौधरी विजयी भएकी छन् । चौधरी एमाले उम्मेदवार एकावती देवी चौधरीलाई १९१५ मत अन्तरले पछि पार्दै विजयी भएकी हुन् । कांग्रेसकी चौधरीले ८२६८ मत प्राप्त गर्दा एमालेकी एकावती देवीले ६३५३ मतमात्र प्राप्त गरिन् ।

१५ वटा वडा रहेको नगरपालिकामा ६ वटामा एमाले, ६ वटामै कांग्रेस, एकमा जनता समाजवादी पार्टी, एकमा लोकतान्त्रिक समाजवादी पार्टी र एक स्थानमा माओवादी केन्द्र विजयी भएको छ । यो सँगै कांग्रेसले सर्लाहीको ११ पालिकामा विजय हासिल गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);