पछिल्लो अपडेट : जीतपुर सिमरा उपमहानगरमा समानन्तर गतिमा मतान्तर बढाउँदै एमाले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पछिल्लो अपडेट : जीतपुर सिमरा उपमहानगरमा समानन्तर गतिमा मतान्तर बढाउँदै एमाले

UML-congress

बारा, ६ असोज । जीतपुर सिमरा उपमहानगरपालिको पछिल्लो मत परिणाममा पनि नेकपा एमालेका मेयर उम्मेदवार डा. कृष्ण पौडेल अग्रस्थानमा रहेका छन् । उनले १० हजार ४ सय १५ मत प्राप्त गरेका छन् ।

त्यस्तै दोस्रो स्थानमा रहेका नेपाली कांग्रेस मेयर उम्मेदवार कृष्णब्रत सिंहको पक्षमा भने ९ हजार ३ सय २९ मत परेको छ । यसअघि एक हजार ७६ मत अन्तरमा अघि बढेको एमालेले लगभग समान गतिले नै मतान्तर बढाएको छ । अहिले एमाले र कांग्रेसको मतान्तर एक हजार ८६ रहेको छ ।

नेकपा माओबादी केन्द्रका मेयर उम्मेदवार राजन पौडेल भने ७ हजार ८ सय ७५ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

 

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);