भक्तपुरमा एमाले र कांग्रेस कायकर्ताबीच झडप | ईमाउण्टेन समाचार

Our Network

भदौ ६ २०८३, आइतबार

भक्तपुरमा एमाले र कांग्रेस कायकर्ताबीच झडप

भक्तपुर , २१ मंसिर। भक्तपुरमा एमाले र कांग्रेस कायकर्ताबीच झडप भएको छ। भक्तपुर क्षेत्र नं २ अन्तर्गत सूर्यविनायक नगरपालिका ३ बालकोटस्थित गणेश आधारभूत विद्यालय मतदान केन्द्रमा एकअर्काले बुथ क्याप्चर गर्न खोजेको भन्दै विवाद भएपछि दुई पक्षबीच ढुंगा हानाहान भएको प्रहरीले जानकारी दिएको छ।

दुई पक्षबीच ढुंगा हानाहान हुँदा सर्वसाधारणका घरका सिसा फुटेका छन्। तर घटना नियन्त्रणमा आइसकेको कारण सुरक्षिरुपमा मतदान भइरहेको प्रहरीले जानकारी दिएको छ।